इंग्ल्याण्डको सहज जित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

इंग्ल्याण्डको सहज जित



हिमाल पोस्ट / २७ कात्तिक, काठमाडौं ।
विश्वकप छनौट फुटबलमा इंग्ल्याण्डले स्कटल्याण्डमाथि सहज जित हात पारेको छ ।

अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डले स्कटल्याण्डमाथि ३–० गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले २४ औं मिनेटमा स्टर्डिजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा त्यसलाई जोगाएको घरेलु टोलीले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।

उसका लागि ५० औं मिनेटमा ललानाले गोल गरे भने ६१ औं मिनेटमा ग्यारी काहिलले गोल गरेका छन् ।

जितपछि इंग्ल्याण्ड ४ खेलबाट १० अंकसहित समूह एफको शीर्ष स्थानमा छ । स्कल्याण्ड भने ४ अंकसहित पाँचौ स्थानमा छ