देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, अझै ४ मन्त्रालय खाली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, अझै ४ मन्त्रालय खाली



काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बनाएका छन् ।

यसअघि २६ जना मन्त्री नियुक्ति गरेका देउवाले गत बिहीबार माओवादीका ८ जना राज्यमन्त्री थप गरेका थिए । मङ्गलवार काँग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थप गर्दै आफ्नो मन्त्रिपरिषद् ५० सदस्यीय पुर्याएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार काँग्रेसबाट सीता गुरुङ, सरिता प्रसाईं, शेषनाथ अधिकारी, नरबहादुर चन्द, अब्दुल रज्जाकगद्दी, तप्पबहादुर विष्ट, अमरसिंह पुन, दिलमान पाख्रिन, उदयशमसेर राणा, डिल्लीबहादुर चौधरी, तेजुलाल चौधरी, चम्पादेवी खड्कालाई राज्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।

त्यसै गरी लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यसोदाकुमारी लामालाई देउवाले मङ्गलवार सपथ गराएका छन् ।

नवनियुक्त राज्यमन्त्रीहरुको मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गराइएको थियो ।

देउवाले राप्रपा, राजपा लगायत साना दललाई भन्दै बाँकी रहेका ४ मन्त्रालय भने अझै आफैँसँग राखेका छन् ।