सुषमा स्वराजले भनिन: ३९ जनाको इराकमा हत्या भयो - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सुषमा स्वराजले भनिन: ३९ जनाको इराकमा हत्या भयो



भारतीय विदेश मन्त्री सुषमा स्वराजले इराकमा वेपत्ता ३९ भारतीय नागरिकको हत्या भइसकेको बताएकी छन् । राज्यसभालाई सम्बोधन गर्दै विदेश मन्त्री स्वराजले सन् २०१४ मा इराकमा वेपत्ता भएका ४० भारतीय मध्ये ३९ जनाको हत्या भइसकेको बताएकी हुन् । इराकको चरमपन्थी संगठन आईएसआईएसले उनीहरुको हत्या गरेको स्वराजको भनाई थियो ।

उनले भनिन्, ‘‘इराकको मूसलमा वेपत्ता सवै ३९ भारतीय अब जिउँदा छैनन् । उनीहरुको अवस्थालाई लिएर देशमा अनिश्चियको अवस्था थियो ।’’ वेपत्ता भएका ४० जना मध्येका एक हरजीत मसीह मुसलमान बनेर मूसलबाट भाग्न सफल भएको विदेश मन्त्री स्वराजले स्मरण गराइन् ।

मृतकको पुष्टि मृतकका आफन्तको डीएनए परिक्षणबाट गरिएको पनि उनले जानकारी दिइन् । विदेश मन्त्री स्वराजका अनुसार हत्या गरिएकामा ३१ पंजाबका, चार हिमाञ्चलका र अन्य पश्चिम बंगाल र बिहारका नागरिक थिए । बीबीसी ।