पाहाडी मदेशी होइन, मात्र नेपाली बनौ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पाहाडी मदेशी होइन, मात्र नेपाली बनौ



 -योगेन्द्र गौतम
वर्तमानमा पाहाडी मदेशी भनेर नेपाली शब्दलाई अपमान गरिदैछ । पाहाडी होस या मदेशी हामी पहिला हौ नेपाली । हाम्रो राष्ट्रियता सार्बमौमिक्ता अखण्डताको संरक्षण गर्नु हामी सबैको नेपालीको कर्तव्य हो ।

सिङ्गो नेपाली जाति हाम्रा निष्ठाको केन्द्र हो भने समुचा नेपाल हाम्रो साझा मातृभूमि हो र मातृभूमिको संरक्षण हामी सबैको करतब्य हो ।

नेपालको इतिहासमा २००७ सालको जनक्रान्ति राजनीतिक आर्थिक र समाजिक तिनवटै अर्थ एउटा युगान्तकारी घटना थियो । त्यो क्रान्तिले एकात्मक राणा शासनको अन्त्य गरी प्रजातांत्रिक शासन पद्धति तिर नेपाली जनतालाई उन्मुक्त गरायो । त्याहा कुनै जात जाती र मदेशी पाहाडी भन्ने थिएन थियो मात्र नेपाली र हाम्रो स्वतंत्रता ।

नेपाली समाजमा कुसंस्कार बनेर रहेका छुवाछुत पंक्ति भेद र जातिभेद जस्ता अनेको समाज भित्रका नकरात्मक र अंधबिश्वासलाइ समाजबाट हटाउने काम पनि त्यही क्रान्तिबाट सुरुवात भयो ।

जननायक बि पी कोइरालाको सपना थियो सम्पूर्ण अंधबिश्वासको अंत्य सँगै समतामुलुक संमृद्ध नेपाल । सबै घर परिवार खान लगाउन पुग्ने स्वतंत्र र आत्म निर्भर नेपाल । १५ बरषमा आम नेपालीमा हामी को हौ हाम्रो चिनारी के हो र हाम्रो राष्ट्रियता मौलिक अधिकार संरक्षण कसरी गर्ने र आत्मनिर्भर कसरी बन्ने बि पीको त्यो सपना १७ सालमा एकात्मक राजतंत्रबाट तुहाइयो । र प्रजातंत्रको हत्या भयो र निरंकुशता पंचायत लाधियो ।

तानाशाही पंचायतको विरोध सङ्घर्ष बाट ४६ साल एउटा आर्को युगको सुरु भयो र यो युग राजतंत्र र प्रजातंत्रमा दलियबादको जन्म भयो ।

प्रजातांत्रिक सरकारको गठन संविधानको निर्माण प्रतेक गाउँ घरमा बाटो , बिजुली ,पानी , शिक्षा , स्वास्थ्य , सञ्चार जस्ता परिबर्तित विकासका कार्यहरू अगि बढदैको अवस्था ५२ सालमा माओवादी जनयुद्धले निरस्त पारिदियो । जस्को परिणाम आज हामीहरूले बेरोजगारी र अपमानजनक पिडा भोग्न बाध्य छौ ।

दरबारकांड हामीलाई अभिसाप बन्यो र सुरु भयो राजनीतिक दन्द । राजा बिरेन्द्रको बंशकै हत्या पश्चात् बनेका राजा ज्ञानेन्द्र प्रजातांत्रिक बन्न सकेनन् । उनी एकतांत्रिक बन्दै गय र अंतत उनैको कारण १९ दिने आन्दोलन भयो र राजतंत्रको अंत्य भयो र गणतंत्र आयो । स्वर्गीय गिरिजा प्रसादकोको निडरता लिडरसिपको उपज गणतंत्रको आगमन ।

संविधानसभाको पनि चुनाव लोकतांत्रिक संविधान निर्माण हेतु जनयुद्धमा रहेको माओवादी र ७ राजनीतिक दलको दिल्ली १२ बुदे समझदारी हुँदै राजनीतिक मूलधार र चुनावी मैदान सँगै संसदमा ठुलो पार्टी हुँदै देशको नेतृत्वमा पुग्यो माओवादी ।

संविधान निर्माणको संकल्प बिचैमा छोडी असफलाताको इतिहास रचदै सेना प्रमुख र कार्यकारी प्रमुख वाक्य काण्डका कारण निरस्त प्रचण्ड प्रधानमंत्री बाट राजीनामा गर्दै असक्षमको तक्मा पाए । फेरी सुरु भयो प्रजातंत्र बादी भन्ने कम्युनिस्ट माहानायकहरुको खेल ।

माधव नेपाल , झलनाथ खनाल र बाबुराम भट्टराई पनि असफल भय र खिलराजको नेतृत्व मा दोर्षो संविधान सभाको चुनाव र यो चुनावमा प्रजातंत्र बादीको विजय सँगै काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकारको गठन तत्पश्चात अंतत संविधान निर्माण सँगै संविधानको घोषणा। स्वर्गीय सुशील कोइराला सक्षम युग पुरुष ।

ओलीको बोली टुक्का सँगै हास्यब्यंग र रंगमञ्च सरकार नेतृव तर आम जनता राजनीतिक समाजिक आर्थिक र महंगाइबाट पीडित । दल दलको गुठबन्दि राजनीतिक बितृष्ण एकात्मक कार्यशैलीकै कारण ओली नेतृत्व सरकार पतन फेरी असक्षम र भित्ते राष्ट्रपति प्रधानमंत्री जनतामा आशा भन्दा झनै निराशा ।

फेरी जात धर्ममा जनता लडाउने खेल सुरु । तर के थाहा प्रचण्डलाई नेपालीपन । सफत ग्रहण राष्ट्रिय पोषाकको अपमान सँगै राष्ट्रियताको पनि अपमान कसरीहोला यिनीबाट राष्ट्रियताको सम्मान ।

जात जाती धर्म संस्कृति परम्परा हाम्रो आफ्नै पहिचान । पहिचानलाई राजनीतिमा जोडेर केही तत्वहरु नेपाल बिखण्डन गराउन आतुर छन् । मदेश पाहाड जप्दै दन्द निम्ताउनी सडेन्त्र रचदैछन । त्यस्ता तत्वको बहिष्कार गरौँ र स्वाभिमानी नेपाली बनौ । न पाहाडी न मदेशी मात्र हौ हामी नेपाली ।