जहाजको निहुमा सिंगापुर पुगे २० कर्मचारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जहाजको निहुमा सिंगापुर पुगे २० कर्मचारी



काठमाडौं, ११ भदौ-

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

ती मध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् ।

सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

‘यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो :

‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो ।