१९० रनको लक्ष्य पछ्याउँदै नेपाल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

१९० रनको लक्ष्य पछ्याउँदै नेपाल



काठमाडौं । नेदरल्याण्ड्स विरुद्धको आइसीसी क्रिकेट छनौट प्रतियोगितामा नेपालले १९० रनको लक्ष्य पाएको छ । नेदरल्याण्ड्सले नौ विकेट गुमाएर १८९ रन जोडेपछि नेपालले १९० रनको चुनौती पाएको हो । केहीबेरपछि नेपालले ब्याटिङ गर्दैछ ।

अन्तिम ओभरमा शक्ति गौचनले नेदरल्याण्ड्सको नवौं विकेट लिएका थिए ।
सर्वाधिक विकेट सोमपाल कामी एक्लैले ४ विकेट लिएका थिए ।

एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेदरल्याण्ड्सले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरेको थियो ।

नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को भेटमा नेपाल निरास बनेको थियो ।

अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।