१८ औं दिनमा रेशम चौधरीले तोडे अनशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

१८ औं दिनमा रेशम चौधरीले तोडे अनशन



काठमाडौं । कैलाली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले १८औँ दिनमा अनशन तोडेका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका हुन् ।

संसद् सदस्यको प्रमाणपत्र तथा शपथग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने र पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने माग राख्दै चौधरी अनशन बसेका थिए ।

गृहमन्त्री थापाले मुद्दा र अदालती विषयबाहेकका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएपछि चौधरीले अनशन तोडेका हुन् ।