१३२ कलाकारको सामुहिक स्वरको देउडा गीत सार्वजनिक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

१३२ कलाकारको सामुहिक स्वरको देउडा गीत सार्वजनिक



सुनिलकुमार लो / काठमाडौ ।।
नेपालको मध्य तथा सुदुरपश्चिमका १३२ भन्दा कलाकारहरुको सामुहिक स्वरमा रहेको ऎतिहासिक देउडा गीत “न्याउल्या”को गत माघ २६ गते काठमाडौमा एक भव्य कार्यक्रम बिच बिमोचन गरियो ।

यो देउडा गितको दुनियाँमा नौलो प्रयास भएको संगित पारखीहरुको भनाई रहेको छ ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथिद्वय भौतिक योजना मन्त्री वीर बहादुर बलायर र अतिरिक्त प्रहरी महानिरीक्षक जय बहादुर चन्दको संयुक्त बाहुलिबाट विमोचन गरिएको हो ।

‘बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो’को प्रस्तुति रहेको सो गीतमा संगीतकार भुवनप्रकाश बडुको संगीत–संयोजन तथा परिकल्पना रहेको छ । शब्द संकलन टेकबहादुर ऐरको तथा एमके ठकुराठीको लय संकलन रहेको छ ।

गीतको छायांकन तथा सम्पादन अमन बडू र निर्देशन दीपक जोशीले गर्नुभएको हो । सुदूरपश्चिमको मौलिक भाकामा रहेको उक्त देउडा गीतमार्फत आफ्नो भाका, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य रहेको संगीतकार बडूले जानकारी दिनुभयो । आउनुस हामी पनि हेरौ यो एतिहाँसिक देउडा गित ….