१२ वर्षीया बच्चीले गराइन् आफ्नै आमाको ‘डेलिभरी’

June 12, 2017
1 Views

अमेरिकाको मिसिसिपी प्रान्तको ज्याक्सन सहरकी एक १२ वर्षीया बच्चीले आफ्नै आमाको ‘डेलिभरी’ गराएपछि संसारभर चर्चा फैलिएको छ । अपरेसन थिएटरमै गएर आमाको डेलिभरीका सक्रिय हुने बच्ची हुन्, जेसी डेल्लेपेना । जेसी यो कुरालाई लिएर उदास थिइन् कि आमाको प्रसव पीडाका क्रममा उनी आफ्नो कम उमेरका कारण भाइको जन्म हेर्न नपाउने अवस्थामा थिइन् । उनको उदासिनता देखेर डाक्टरले अपरेसन थिएटरमा जान स्वीकृति दिए । थिएटरमा पुगेपछि यति मात्रै भएन, जेसीले डाक्टरको निगरानीमा आफ्नो भाइको जन्म गराइन् र नालसमेत आफैँले काटिन् ।

‘मलाई रुन मन लाग्यो, किनभने मलाई लाग्यो कि आफ्नो कम उमेरकै कारण आफ्नो भाइ जन्मिएको हेर्न नपाउने भएँ,’ जेसीले डब्ल्युबी टिभीलाई भनेकी छिन्, ‘तर, डाक्टरले मलाई भाइ बाहिर निकाल्ने मौका दिए । म निकै उत्साहित भएँ । मैले यसअघि पनि डाक्टर बन्ने नक्कल गरिसकेकी थिएँ, तर यसपटक साँच्चिकै गरेँ ।’ जेसीका नवजात भाइ स्वस्थ छन्, र उसको तौल ३ दशमलव ३ किलोग्राम छ । जेसीको भावनाले उनका अभिभावकलाई पनि भावुक बनायो । आमा डेडेले भनेकी छिन्, ‘छोरीको भावना देखेर आँखाबाट आँसु आयो ।’

निक्की स्मिथ नामका व्यक्तिले जेसीको भावनात्मक तस्बिर फेसबुकम सेयर गरिदिए । स्मिथ जेसीको परिवारका निकट व्यक्ति हुन् । तस्बिर सार्वजनिक भएपछि छोटो समयमै लाखौँ सेयर भइसकेको छ । तस्बिर सार्वजनिक भएपछि र घटनाबारे जानकारी पाएपछि कतिपय व्यक्तिले डाक्टरमाथि सवाल उठाएका छन् । उनीहरूको तर्क छ कि, यस्तो परिस्थितिमा सानै उमेरकी जेसीलाई तनाव पनि निम्तिन सक्थ्यो । उनमा मानसिक समस्या पनि हुन सक्थ्यो । तर, यस्तो प्रतिक्रियामा निक्कीले लेखेका छन्, ‘जेसी र उनकी आमा दुवैको यो खुसीको पल सधँै यादमा आउनेछ ।’

तस्बिरमा जेसी भाइलाई जन्माउन डाक्टरसँग सक्रिय रहेको देखिन्छिन् । भाइ जन्मिएपछि पहिले उनले नै आफ्नो हातमा लिइन् र नराम्रोसँग रोइन् । सबै दृश्यमा देखिन्छ । आमा भन्छिन्, ‘जेसीले पहिले पनि अर्को भाइको डेलिभरीको समयमा लेबर रुममा उपस्थित हुने इच्छा जनाएकी थिइन् । तर, त्यो समयमा उनी निकै सानी थिइन् ।

Facebook Comments

You may be interested

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल
अन्तर्वार्ता
0 shares9 views
अन्तर्वार्ता
0 shares9 views

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल

himal post - २०७४, २९ मंसिर १४:०५

भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित सांसद तथा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री…

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले
समाचार
0 shares4 views
समाचार
0 shares4 views

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले

himal post - २०७४, २९ मंसिर १३:४४

काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रुपमा लज्जास्पद हारमात्रै व्यहोरेन सरकारबाट बाहिरै बस्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । कांग्रेस अब…

काँग्रेस पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर  एक नम्बरको पार्टी बनाउनुपर्छ :सिंह
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

काँग्रेस पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर एक नम्बरको पार्टी बनाउनुपर्छ :सिंह

himal post - २०७४, २९ मंसिर १३:२१

काठमाडौ‌ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको…