१२ वर्षीया बालिकाले मुसो मरेको शोकमा ज्यान दिइन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

१२ वर्षीया बालिकाले मुसो मरेको शोकमा ज्यान दिइन्



एजेन्सी। घरपालुवा जनावर कुकुर(बिरालोलार्इ मानिसले धेरै नै माया गर्छन् । तर मुसासँगको अगाध प्रेमले एकजना बालिकाले ज्यानै दिएकी छन् ।

यस्तै घटना भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालबाट सार्वजनिक भएको छ। एक अबोध बालिकाले आफ्नो घरपालुवा सेतो मुसो मरेको शोकमा आत्महत्या नै गरेकी छन् । भोपालको अयोध्या नगरमा एक १२ वर्षीय स्कुले छात्राले आफ्नो घरपालुवा सेतो मुसोको मृत्युपछि शोकमग्न भएर घरमै पासो लगाएर झुन्डिइ आत्महत्या गरेकी हुन् ।

अयोध्या नगर पुलिस थाना प्रभारी बलजीत सिंहले भने, ुघरमा पालेको सेतो मुसो मरेपछि दुस्खी भएकी दिव्यांशी राठौरले शुक्रबार आफ्नै घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । उनी सहरको अयोध्या नगर इलाकास्थित सुरभी विहार परिसरमा बस्थिन् । दिव्यांशी सेन्ट पल स्कुलमा ७ कक्षाकी छात्रा थिइन् ।ु

सिंहका अनुसार दिव्यांशीका परिवारजनका अनुसार यो मुसालार्इ चार(पाँच दिनअघि उनका पिता महेन्द्र सिंह राठौरले लिएर आएका थिए । उनी केही दिनमै यो मुसासँग घुलमिल भएकी थिइन् । शुक्रबार बिहान यो मुसो मरेको थियो । जसका कारण उनी धेरै उदाश र शोकमग्न भएकी थिइन् । सिंहका अनुसार उनले झुन्डिनुअघि उनले आफ्नो घरको आँगनमा बनेको क्यारीमा यस मुसालार्इ गाडेपछि फूल चढाएर श्रद्धाञ्जली पनि दिएकी थिइन् ।

साङ्केतिक  तस्बिर