२०७५ असार ४, सोमवार

इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबमा नेपालको सानदार जित

July 20, 2016
106 Views
Spread the love

काठमाण्डौ, श्रावण ५।
राष्ट्रिय क्रिक्रेट नेपाल द्रोरा मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक\एक विकेट लिएका थिए ।

यसअघि इङ्ल्यान्डको लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदै पारी सम्हालेका थिए ।

पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

Facebook Comments

You may be interested

यस्तो छ डाक्टर उपेन्द्र देवकोटाको जीवनी !
समाचार
0 shares6 views
समाचार
0 shares6 views

यस्तो छ डाक्टर उपेन्द्र देवकोटाको जीवनी !

himal post - २०७५, ४ असार २०:५०

काठमाडौं- पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा…

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !
समाचार
0 shares6 views
समाचार
0 shares6 views

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !

himal post - २०७५, ४ असार २०:४२

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा…

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे
प्रवास
0 shares16 views
प्रवास
0 shares16 views

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे

विशाल पाण्डेय - २०७५, ४ असार १९:२५

मकाउ,चीन। बैदेशीक रोजगारको सिलसिलामा बिशाल थपलिया मार्फत मकाउ आई मकाउ गोल्बल कम्पनिमा कार्यरत रहेका स्थायी घर मकवानपुर निवासी आत्महत्याको प्रयास…

Leave a Comment