१ सयवटा पार्टी चुनाव लड्ने तयारीमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१ सयवटा पार्टी चुनाव लड्ने तयारीमा



काठमाडौं-

प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिन दल दर्ता गर्ने अन्तिम दिन आइतबारसम्म करिब एक सयवटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
अघिल्ला स्थानीय तहको निर्वाचन नलडेको राष्ट्रिय जनता पार्टी नेपालले पनि दल दर्ताको निवेदन दिएको छ।
तर नेत्रविक्रम चन्द र मोहन बैद्य नेतृत्वको पार्टीले आउँदो चुनावमा दलीय रुपमा भाग लिन नपाउने भएका छन्।
आयोगका अनुसार कतिपय साना दलले ठूला दलसँग मिलेर चुनाव लड्ने जानकारी गराएका छन्।
यसअघि दर्ता १ सय २३ दलमध्ये ९५ वटा दलले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।
अन्तिम निर्णय
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “सक्रिय लगभग सबै जसो दलले निर्वाचनमा भाग लिने भनेर निवेदन दिएका छन्। राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) आए पनि नेत्रविक्रम चन्द र मोहन वैद्य नेतृत्वको सहितका केही अन्य दल प्रक्रियामा आएका छैनन्।”
कतिपय सान दलले ठूला दलको निर्वाचन चिन्हमा चुनाव लड्ने भन्दै एकीकरणको निम्ति आयोगमा कागजात बुझाएका छन्।
त्यो सहित दर्ताको निम्ति आएका कागजात अध्ययन गरेर आयोगले अन्तिम निर्णय दिनेछ।

निर्वाचन कानून हाल छलफलमै रहेकाले दर्ताका लागि पुगेका दलको चुनाव चिन्ह बारेमा अन्योल कायमै रहेको प्रवक्ता शर्मा बताउँछन्।
उनले भने, “कतिपय दलले आयोगबाट पाएको पुरानै र अहिले दर्तामा आएका कतिपयले नयाँ चुनाव चिन्ह माग गरेका छन्। त्यसबारे कानून आएपछि टुङगो लाग्छ।”
कम दल
गत संविधान सभाको निर्वाचनमा पहिलो हुनेले जित्ने प्रत्यक्षतर्फ १२१ र समानुपातिकतर्फ १२२ वटा दल सहभागी थिए।
ती मध्ये ३१ वटा दलले मात्र संविधानसभामा प्रवेश पाएका थिए।
स्थानीय तहको निर्वाचनमा दर्ता भएका ८० वटा मध्ये ६३ वटा चुनाव प्रक्रियामा सहभागी भएकामा १४ वटा दलका उम्मेद्वार मात्रै विजयी भएको आयोगले जनाएको छ।
केही दलबीच एकीकरण भएको र निर्वाचन आयोगमा बुझाउनु पर्ने कागजात र आर्थिक विवरण नबुझाएका कारण केही दल खारेज भएकाले संविधानसभामाभन्दा अहिले दलको संख्या घटेको हुन सक्ने निर्वाचन आयोगको अनुमान छ।बिबिसी