६८ वर्षमा आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

६८ वर्षमा आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदै



हिमाल पोष्ट/काठमाडौं, कात्तिक २९

आज पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । आज साँझ पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो ।

त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ ।

आज अन्य पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ ।

चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ ।

आज साँझ देखिने जस्तै चन्द्रमाको दृष्य देख्नका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।