१२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य बाहिरियो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

१२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य बाहिरियो



सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन् । नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन् ।

भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्।

नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराण अध्ययन गरी ०७२ कात्तिकदेखि हालसम्म स्थलगत अवलोकनबाट नेपालमै १२ ज्योतिर्लिंग रहेको तथ्य पहिलोपटक पत्ता लगाएका हुन्। उनका अनुसार दार्चुलामा मल्लिकार्जुन, दार्चुलाकै नाघुमा नागेश्वर, महाकाली नदीतटमा विश्वनाथ, महाकाली र सरयू नदीतटमा रामेश्वरम्, बैतडीको रावलाद्री पर्वतमा केदारनाथ, अछामको साफेबगरमा वैद्यनाथ, मुस्ताङको शालग्राम क्षेत्रमा सोमनाथ, कौशिकी नदीको तट दोलखामा भीमाशंकर, खोटाङ रेवा नदीतटमा ओमकारेश्वर, सिन्धुलीको गौतमी नदीतटमा त्र्यम्बकेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगमको गुफामा महाकालेश्वर र हिमालयबाट प्रकट भएको घुस्मा नदीतट (खोजी भइरहेको) मा घुस्मेश्वर ज्योतिर्लिंग फेला परेका हुन्।

भारतको उत्तराखण्डमा केदारनाथ, उत्तरप्रदेशको विश्वनाथ, झारखण्डको वैद्यनाथ, मध्यप्रदेशको ओमकारेश्वर र महाकालेश्वर, महाराष्ट्रको घुस्मेश्वर, त्र्यम्बकेश्वर र भीमाशंकर, गुजरातमा नागेश्वर र सोमनाथ, तमिलनाडुमा रामेश्वरम् र आन्ध्र प्रदेशमा मल्लिकार्जुन गरी १२ ज्योतिर्लिंग स्थापित रहेको मानिन्छ। प्राचीनकालदेखि अस्तित्वमा रहेका १२ ज्योतिर्लिंग विभिन्न कालखण्डमा पुनःस्थापन गरिँदै आएको छ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।