स्वदेश फर्किए डा. उपेन्द्र देवकोटा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वदेश फर्किए डा. उपेन्द्र देवकोटा !



काठमाडौं– ६ महिना देखि बेलायतमा उपचार गराइरहेका पुर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा  स्वदेश फर्किएका छन् ।

पित्त थैलीमा समस्या देखिएपछि थप उपचारका लागि बेलायत लगिएका देवकोटाको स्वास्थ्यमा सुधार आएको परिवार स्रोतले जनाएको छ । देवकोटा श्रीमती डा. मधु देवकोटासँगै आइतवार स्वदेश फर्किएका हुन् ।

बेलायतको लन्डनस्थित किङ्स कलेज अस्पतालमा उपचार गराएका डा. देवकोटाको स्वास्थ्यमा सुधार भएको पारिवारिक स्रोतले जनाएको छ ।

सफल न्यूरो सर्जनका रुपमा अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएका डा. देवकोटाले आफ्नो अध्ययन पनि बेलायतमै पूरा गरेका थिए ।

डा. देवकोटा बिरामी भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै बरिष्ठ प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालको अगुवाइमा पशुपतिमा दीप प्रज्वलन गरिएको थियो ।