सुन्दर देखिन चाहनुहुन्छ ? त्येसो भए यस्ता खानेकुरा खानुस् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुन्दर देखिन चाहनुहुन्छ ? त्येसो भए यस्ता खानेकुरा खानुस्



सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला सुन्दर बनाउन यस्ता खानेकुरा खानुस  ।

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ – बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

ओखर र सोयाबिन – ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।

अमला, कागती र भेडेखुर्सानी – भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।

सी फूड, गेडागुडी  र प्याज – जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ साथै यसले छालालाई सुन्दर पनि बनाउछ ।