साथीको फोन व्यस्त छ ? ट्रु कलरले बताइदिनेछ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

साथीको फोन व्यस्त छ ? ट्रु कलरले बताइदिनेछ



एन्ड्रोइड प्रयोगकर्तामाझ ट्रु कलर निकै लोकप्रिय एपको रुपमा रहेको छ ।

स्मार्टफोनमा यो एप डाउनलोड गर्नुभयो भने दुनियाभरका जो कोही मानिसले तपाइँलाई कल गर्दा उसको नाम तथा फोटो देखा पर्दछ । यो यति लोकप्रिय बन्यो की यस्तै खालका कैयन् एपहरु बजारमा आएका छन् ।

ट्रुकलरले कुनैपनि स्मार्टफोनमा तब काम गर्न थाल्छ जब एप डाउनलोड गरेर त्यहाँ आफ्नोे फोन नम्बर तथा नाम हालिन्छ । जब तपाइँको फोनबुकमा नामै नभएको कुनै अपरिचित नम्बरबाट तपाइँलाई कल आउँदछ तब यो एपले उक्त कल गर्ने व्यक्तिको नाम तथा भए फोटो समेत देखाइदिन्छ ।

ट्रुकलरले हालै ल्याण्डलाइन जस्तो एक फिचर लन्च गरेको छ । जब तपाइँ कसैलाई फोन गर्न गैरहनुभएको हुन्छ तब तपाइँले ट्रुकलरको ट्रुडायलर प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाइँले फोन गर्न खोज्नुभएको मानिसको फोन बिजी रहेको भएमा ट्रुकलरले पहिले नै जानकारी दिन्छ ।

केही महिनाअघि ट्रुकलरले यो फिचर एन्ड्रोइडमा सार्वजनिक गरेको थियो भने अब आइफोनमा पनि यो सर्भिस लिन सकिनेछ ।
सायद विश्वमा ट्रुकलरसँग सबैभन्दा वृहत फोन डायरेक्टरी छ ।

त्यसैले तपाइँलाई कोही अपरिचित मानिसले वा चिनेजानेको मानिसले अपरिचित जस्तो बनी फोन गरेर झुक्याउन गाह्रोे पर्दछ ।