शसांक अगाडी आऊ , देश बचाउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शसांक अगाडी आऊ , देश बचाउ



-योगेन्द्र गौतम 

महा-मानव बि पी कोइरालाले आफ्नो आत्म बृतान्तमा भन्नु भयको छ सफल नेतृत्व त्यसलाई भनिन्छ जसले गरिब मजदुर असाह्यको र समुन्नत राष्ट्रको विकासका निमित्त काम गर्छ । हुन पनि  हो  नेतृत्व को कर्तव्य यही हो यी विषयमा सकरात्मक रही कार्य गर्ने । नीतिगत र पार्टीगत बिचार फरक नहोला तर व्यक्तिगत बिचार भने अवश्य फरक हुन्छ । मानवीय सिद्धान्तमा मानव कति सम्म आफूलाई सोच परिवर्तन र लक्षमा समर्पित गर्छ त्यो पनि उसैको कार्यबाट थाहा हुने कुरा हो । शासन र सुशासनको कुरा पनि आउँछ । एक पटक गिरिजा बाबुले भन्नु भयको थियो तिमिले आफ्नो आत्म चिंतन गर त्याहा मित्र नबिन्तम विचारहरू पाउने छौ जुन बिचार तिम्रो जीवनमा एउटा मार्गदर्शन बन्ने छ जुन मार्गदर्शनले कठिनाइका बिषयगत तत्वहरु देखी मुक्त पाउने छौ यी भनाइहरु आज वर्तमानमा सान्धर्भिक हुँदै गयका छन् ।

नेपाल विश्वमा सानो देश छ तर याहाको राजनीति भनै ठुलो देखिन्छ । अमेरिका फ्रान्स इटली जस्ता देशहरूमा राजनीतिमा राष्ट्रियता गासिएको हुन्छ । त्याहाको सरकार राजनीतिक दन्द होइन विकासमा अगि बढछ तर नेपाल भने बच्चा देखी वृद्ध सम्म र मानव अधिकार , संचारकर्मी देखी कानुनका रक्षक सम्म सम्म राजनीतिक दन्दमा व्यस्त छन् । एउटा प्रसङ्ग केही दिन अगाडी अमेरिकी राष्टारपतिले भनेका धिए आफ्नो राष्ट्र आफ्नो जनताको विकास र संरक्षणमा म कैले चुक्दिन । उन यो भनाइ अमेरिकी नागरिकमा निकै लोकपृयता मानियो । एउटा शासकले आफ्नो नागरिक समक्ष राख्ने सकरात्मक बाक्यंश पनि थियो त्यसैले होला अमेरिकी नागरिक नेतृत्व देखी कैलै दुखी हुदैनन ।

नेपालको संधर्भमा २००७ पश्चात् धेरै नेतृत्व देशले पायो । प्रथम जन निर्वाचित बि पी कोइराला जस्तो क्रान्ति साहित्य र विकासका अथक योद्धा पनि नेतृत्वमा देशले पायो । जनमुखी राष्ट्रमुखी भयकै कारण बि पी माहाराजाहरुको सिकार हुनु परयो । पंचायत सुरु पश्चात् पनि पंचेका नाउमा देशले नेतृत्व पायो सबै पंचे नेतृत्वहरु असफल भय जन मुखी हुन सकेनन् । ४६ पश्चात् देशले सफल नेतृत्व नपाएको भने होइन । कृष्ण प्रसाद भट्टराई , गिरिजा प्रसाद कोइराला ,मनमोहन अधिकारी र सुशील कोइराला को नेतृत्व परिवर्तनमा सक्षम रहे । यिनीहरुका पाला युगान्तकारी परिवर्तन भय जुन इतिहासमा स्वर्ण अक्षरबाट अंकित भयो ।

वर्तमानमा ओली नेतृत्व सरकार असफल पश्चात् काँग्रेस समर्थन बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व पनि सफल हुने सम्भावना कतै देखिदैन ।

नौ महिना पश्चात् प्रचण्डले राजीनामा दिए पछि काँग्रेसको नेतृत्व लाई प्रचण्डको पार्टीको समर्थनमा काँग्रेसबाट कले नेतृत्व गर्ने यो प्रश्न निकै गम्भिररुपमा उभिएको छ । काँग्रेस सभापति सेर बाहादुर देउवाले ३, ३पटक देशको नेतृत्व गरिसके र तिनै पटक अशक्षम साबित भय याहा सम्म काँग्रेसको ११४ सांसद बहुमतीय सरकार पूर्व राजा ज्ञानेलाइ बुजाए र देशमा सङ्कट निंम्ताए । उनको नेतृत्वले काँग्रेस भित्र त सङ्कट बढदै गयको छ भने देशले निकास पाउने सम्भावना देखीदैन ।

काँग्रेस भित्र नेतृत्वको विषयमा एउटा गम्भीर छलफल बन्न सक्छ । आखिर काँग्रेसबाट सरकारको नेतृत्व कले लिने । सभापति अशक्षम छन् भने माहामंत्री शशांक कोइराला आफनै स्वास्थका कारण पीडित छन् । तर बरतमान जनताको आस्था भने डा शशांक कोइरालाको स्वास्थ ठिक सँगै सरकारको नेतृत्व पनि हो । शशांक कोइरालाको सम्बोधन नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक भोपालमा सुनेको थिए । बाक्यंश सुन्दा लाग्दथियो मैले बि पीले बोलेका विचारहरू कुनै बेलाको रेकडिङ्ग सुन्दै छु । मैले बि पीका धेरै भिडियो हेरेको छु र वाहाका बिचार पनि सुनेको छु । ती बिचार पुन म वाहाकै पुत्र बाटै सुन्दै थिए । लाग्थियो मलाइ डा शशांक कोइराला नभयर स्वयम् बि पी बोली रहनु भयको छु । हुन पनि बि पी को बिचार शशांक कोइरालामा देखिएको छ ।

कांग्रेसी जनमा शशांक आशाका केन्द्र हुन वर्तमानमा । उनको कार्य एकता दक्षता निकै सकरात्मक पाइन्छ । कसैको विरोध नगर्ने सबैको सम्मान गर्ने व्यक्तित्वको रूपमा उनी स्थापित भैसकेका छन् ।