विश्वदर्शनमा हरितालिका सत्सङ्ग - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्वदर्शनमा हरितालिका सत्सङ्ग



काठमाडौँ, १६ भदौ । विश्वदर्शन अभियान केन्द्र नेपालले तीजपर्वका अवसरमा बुधबार हरितालिका सत्सङ्गको आयोजना ग¥यो ।

कार्यक्रममा पूर्वीय संस्कृतिका ज्ञाता कुलप्रसाद पराजुलीले नेपाली संस्कृतिमा पार्वतीले शिवको उपासना गरेको हरितालिका तीजको महत्वबारे प्रकाश पार्नुभयो ।

उहाँले हाम्रा संस्कृतिका राम्रा पक्ष भएको तर आधुनिकतासँगै पश्चिमी प्रभावले गर्दा संस्कृतिको मर्मलाई नबुझ्दा विकृति भित्रिएको बताउनुभयो ।

कार्यक्रममा राससका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईले साँस्कृतिक महत्वको चाड तीजले महिलावर्गको माइतीसँगको आत्मीयतालाई बढाउने बताउनुभयो ।

विश्वदर्शन अभियानका अध्यक्ष नवराज भट्टराई, महासचिव नारायणप्रसाद भट्टराई, विश्वदर्शन अभियान कोषका संयोजक इन्द्र कर्माचार्यले पूर्वीय संस्कृतिमा रहेका राम्रा विशेषता बुझेर पर्व मनाउनु उचित हुने तथा विकृतिलाई बढावा दिनु नहुने बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा सहभागी महिला तथा उपस्थित सबैलाई दर खुवाइएको थियो ।