वडा अध्यक्षले घरघरमै पुगेर वितरण गरे सामाजिक सुरक्षा भत्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वडा अध्यक्षले घरघरमै पुगेर वितरण गरे सामाजिक सुरक्षा भत्ता



कपिलवस्तु : कपिलवस्तुको बुद्वभुमि नगरपालिका वाड न, ८ हरिहरपुर का वडा अध्यक्ष कपिलदेव तिवारीले सामाजिक सुरक्षाको भत्ता जनताको घरघरमा गई वितरण गरेका छन ।
नागरिकहरूले पाउने सामाजिक सुरक्षा भत्ता को पहिलो किस्ता बापतको रकम कार्तिक १५,१६,१७ गते गरि ३ दिनमा प्रत्येक नागरिकहरूको घरधुरी मा गई सो रकम बितरण गरेका हुन । जसमा दलित बालबालिका (पाँच बर्ष सम्मका ) ४२ जना , आशिक अपांग ५ जना, पूर्ण अपांग ३ जना, जेष्ठ नागरिक अन्य १७२ जना,जेष्ठ नागरिक दलित ३९ जना , एकल महिला १३७ जना गरि कुल ३९८ जना लाई यस आर्थिक बर्ष को पहिलो किस्ता स्बरूप कार्तिक सम्म ४ महिनाको रकम बितरण गरेको अध्यक्ष तिवारी वताए ।
अशक्त,अपांग ,बृद्धवुद्धाहरुलाई समस्या हुने भएकोले घरमै गई वितरण गरेको तीवारीको भनाई छ । आगामि दिनमा अझै व्यवस्थीत गरि सञ्चालन गरिने वडा अध्यक्षले जानकारि दिएका छन.