रोज राणामाथि खुकुरी प्रहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रोज राणामाथि खुकुरी प्रहार



फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको समचार कान्तिपुरले छापेको छ  ।

मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।

आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् ।