भारत र चीनका लागि राजदूत नियुक्ति चाँडैः परराष्ट्रमन्त्री महत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारत र चीनका लागि राजदूत नियुक्ति चाँडैः परराष्ट्रमन्त्री महत



११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदुत नियुक्ति गर्नेबारे कुराकानी भइरहेको उनले बताए ।

रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्रमन्त्री डा. महतले, ‘भारत र चीन दुवै देशमा राजदूत नियुक्ति गर्छौँ र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ति गर्छौँ ।’ विश्वासमा आधारित भएर दुई छिमेकी देश भारत र चीनसँगै अन्य मुलुकहरुसँग सम्बन्ध विकसित गर्ने उनले दाबी गरे ।

आर्थिक रुपले प्रगति गरिरहेका दुई ठुला छिमेकी राष्ट्र भारत र चिनबाट नेपालले बढि भन्दा बढि फाइदा लिन सक्ने गरी विश्वासको आधारमा सम्बन्ध विकसित गरि अघि बढ्ने उनले बताए । ‘नेपालको आफ्नो आम राष्टिय स्वार्थलाई सुरक्षित राख्दै, छिमेकिहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारीत रहेर सम्बन्ध विकास गर्ने हाम्रो प्राथमिकता हो । हाम्रो आर्थिक उन्नति पनि यसमै निर्भर छ’ उनले भने ।

मन्त्री महतले विदेशमा वसेका नेपालीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्ने र खाडी मुलुकका दूताावासलाई नेपाली नागरिकको सुरक्षामा केन्द्रित हुने गरी सक्रिय पार्ने बताए ।