प्रधानमन्त्रीको महत्वपूर्ण भेटघाट आज,दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रधानमन्त्रीको महत्वपूर्ण भेटघाट आज,दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने



३१ भदौ, काठमाडौं । चारदिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायत महत्वपूर्ण भेटघाट गर्ने कार्यतालिका रहेको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले दिने गार्ड अफ अनरमा सहभागि हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले साढे ९ बने  महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्जवलन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११ः३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ ।

भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १ः१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने छ ।

त्यसपछि प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन् । साढे १ बजे देखि एक घन्टा दिवाभोज हुनेछ ।