पैसा कमाउने धुनमा अनुप - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पैसा कमाउने धुनमा अनुप



अभिनेता अनुप विक्रम शाहीको फिल्मको काम गराई गतिलो छैन । पैसा कमाउने धुनमा उनी पनि लागेका छन् । अफर आएका सबै फिल्म खेल्दा उनले फिल्मको पब्लिसिटीमा ध्यान दिन पाएका छैनन् । अहिले अनुपको यही शैलीमा पिसिएको छ फिल्म ‘विराङ्गना’ । फिल्मको कथावस्तु पुरा नखिची रिलिज गरिएको भन्दै अनुपले यो फिल्मको प्रचारमा नहिड्ने बताइसकेका छन् ।

अनुपलाई अर्को फिल्म कप्सको छायांकन गर्न भ्याई नभ्याई छ । उनको डिमाण्ड यतिमा मात्र सिमित छैन । सन्तोष सेनले बनाउन लागेको फिल्म मेरी मामुको कथा अन्तिममा परिवर्तन भएको भन्दै उनले यो फिल्म छाडिदिए । फिल्ममा उनको स्थानमा सारुक ताम्राकारले काम गर्दैछन् ।

अनुपको डिमाण्डले यो फिल्मका निर्माताले कलाकार परिर्वतन गरे । अनुप अहिले अर्का अभिनेता सुमन सिंहको बाटोमा छन् । आएका सबै फिल्म गरिदिने । अनुप सोलो रुपमा चल्न नसकेका कलाकार हुन् । तर, उनी अभिनय भने राम्रो गर्छन् ।