पाकिस्तानको सरकारी अस्पतालमा विष्फोट, ३० को मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पाकिस्तानको सरकारी अस्पतालमा विष्फोट, ३० को मृत्यु



 

२४ साउन, पाकिस्तान । बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् ।

सोमबार बिहान विष्फोट हुनु अघि आक्रमणकारीले गोली चलाएका थिए ।

क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला आक्रमण भएको स्थानीय सन्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणकारीको पहिचान भएको छैन तर प्रधानमन्त्री नवाज शरीफले क्वेटा विष्फोटको निन्दा गरेका छन् ।