परराष्ट्रमन्त्री डा महत र थाई विदेशमन्त्रीबीच भेटवार्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

परराष्ट्रमन्त्री डा महत र थाई विदेशमन्त्रीबीच भेटवार्ता



न्युयोक, असोज ९ गते । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र थाइल्यान्डका विदेशमन्त्री कारसान कान ताङ पनरथेटबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा महत र थाई विदेशमन्त्रीबीचको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

द्विपक्षीय हित, चासो र दुई मुलुकबीचको सम्बन्धबारेमा महत्वपूर्ण छलफल भएको परराष्ट्रसचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो । रासस