पति गए उनले दिएको रोग गएन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पति गए उनले दिएको रोग गएन



हिमाल पोष्ट / घोराही, मंसिर १७

दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पपनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन ।

न पतिले नै कहिल्इै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते ।