नेपाल टेलिकमको ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल टेलिकमको ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’



काठमाडौँ, १४ भदौ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।

यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ ।

उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ ।

उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिनSPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । रासस