दुनियाको सबैभन्दा पातलो ल्यापटप - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुनियाको सबैभन्दा पातलो ल्यापटप



जब तपाइँ  कुनै हलुका तथा पातलो ल्यापटप खरिद गर्ने चाहना राख्नुहुन्छ भने तपाइँले अन्य विभिन्न कुराहरुमा सम्झौता गर्नका लागि तयार हुनुपर्छ ।

पातलो ल्यापटप किन्नका लागि तपाइँले अवश्य पनि धेरै पैसा खर्चिनुभएको हुन्छ । एच पी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप पनि यस्तै ल्यापटप हो । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप हो र अरुमा झैँ तपाइँले पनि यो पातलो ल्यापटप लिनका लागि विभिन्न कुरामा सम्झौता गर्नैपर्ने हुन्छ ।

कम्पनीले यो ल्यापटपको पछाडिको भागलाई आकर्षक लुक दिएको छ । जसमा एचपीको नयाँ लोगो रहेको छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ ।  यसमा कोर एम प्रविधि रहेको छ, जसले कम उर्जा खपत गर्दछ । साथै यो ल्यापटपमा तात्ने समस्या पनि कम हुन्छ । यो ल्यापटपको बडी आल्मुनियम तथा कार्वन फाइबरबाट बनेको छ ।

यो ल्यापटप ब्राउन गोल्ड कम्बिनेसन कलर मा मात्रै रहेको छ । यसमा तिनवटा युएसबी सी टाइप पोर्ट रहेका छन् ।

ल्यापटपको स्क्रिनलाई निकै शक्तिशाली तथा नटुट्ने गोरिल्ला ग्लासबाट सुरक्षित गरिएको छ । साथै यो ल्यापटपको किबोर्ड पनि निकै उत्कृष्ट रहेको छ ।

टापु स्टाइलको की अर्थात् बटनले टाइपिंगमा निकै सहजता ल्याउँदछ भने बेकेलाइटले यसलाई झनै आरामदायी बनाउँदछ । यसको ट्रयाकप्याडले राम्रो रेस्पोन्स दिन्छ यद्यपि यसको आकार भने केही ठूलो मानिएको छ । लगातार वाइफाइ कनेक्सनका साथै मध्यमस्तरको स्क्रिन चमकमा समेत यो ल्यापटपको ब्याट्री ७ देखि ८ घण्टासम्म टिक्दछ ।