दसैंका लागि नयाँ नोट उपलब्ध,असोज १६ गतेबाट नयाँ नोट साट्न सकिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दसैंका लागि नयाँ नोट उपलब्ध,असोज १६ गतेबाट नयाँ नोट साट्न सकिने



काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकको कार्यालयबाट सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्नेछन् ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले भने सोमबारबाट सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउनेछन्। राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयसहित देशका विभिन्न ७ वटा शाखाबाट नयाँ नोट प्रदान गर्ने सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

नयाँ नोट साट्न पाउने व्यवस्थालाई सरल गर्न यस पटक कुपनको व्यवस्था गरिएको उनले बताए। यस्तै असहाय व्यक्तिका लागि छुट्टै व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष साना दरका ६ देखि ८ अर्ब नयाँ नोट साटिने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंक कार्यालयबाट २१ गतेसम्म नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ ।

यस वर्ष एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने सक्नेछन् । गत वर्ष सर्वसाधारणले प्रति व्यक्ति २२ हजारका दरले नयाँ नोट प्राप्त गरेका थिए ।

पाँच देखि १०० रुपैयाँसम्मका दुई–दुई बिटाका दरले नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।