ताराबिर दीपा संग संगै नाच्ने (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ताराबिर दीपा संग संगै नाच्ने (भिडियो सहित)



रजिस्मा केसी -नयाँ दिल्ली

हिन्दू हरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाल मा तिज गितहरुको बाढी नै आएको छ । नेपाली म्युजिक ईन्ड्रस्टी , नेपाली बजारहरु देखि लिएर सामाजिक सन्जाल हरुका भित्ता तिजको रंग मा रंगिएका बेला पुर्बेली गायक ताराबिर पाण्डे लाई पनि तिजको नशाले छपक्कै ढाकेको छ । गायक पाण्डेले दिपा लामा सड्गै  ” तिजको बेला ” मा स्वर भरेका मात्र छैनन आफै छमछमी नाचेका पनि छन ।

प्रनिता पाठकको शब्द रहेको एल्बम मा लय  गायक पाण्डे स्वयं को रहेको छ । चर्चित निर्देशक योदिन एमएल साम्बाहाम्फेको निर्देशन मा बनेको एल्बम मा सन्तोष राजबाहकले नृत्य निर्देशन गरेका छन । ” पुर्बेली लोकलय लाई अलिकति मोर्डन बनाएर एसपालिको तिजमा “तिजको बेला ” पस्किएको छु ।

सम्झिनुस यो तिजमा नेपाली नारीहरुलाई मेरो तर्फ बाट उपहार” गायक ताराबिर ले भन्नुभयो। छायाकार ज्ञानेन्द्र शर्मा ले शान्ता नेम्बाड.,लक्की बाबा , रेजिना गिरी र राज केसी को नृत्य लाई गजबले छायांकन गरेका छन । शारदा डिजिटल ले बजारमा ल्याएको उक्त एल्बम मा अर्जुन पोख्रेल को सम्पादन रहेको छ । लगभग सबै जसो एल्बमहरुमा एक साथ देखिने गायक ताराबिर पाण्डे र निर्देशक योदिन एमएल साम्बाहाम्फे को जोडीले एसपालि तिजमा कस्तो कमाल देखाउने हुन त्यो हेर्न बाँकी नै छ ।