ट्रक दुर्घटना : १० को मृत्यु, १२ घाइते - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रक दुर्घटना : १० को मृत्यु, १२ घाइते



नयाँदिल्ली ।

भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

माल बहाक ट्रक सडकमा गलत ठाँउबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

महाराष्ट्रको राजधानी सहर मुम्बई देखि ३६५ किलोमिटर टाढा पर्ने साङली जिल्लाको तासागौन नजिकै दुर्घटना भएको बताइएको छ ।

ad
मृत्यु भएका र घाइते भएका सवै जना दुर्घटना भएका बेला ट्रकमै सवार थिए । मालबहाक ट्रकमा यात्रा गर्ने चलन भारतमा सामान्य मानिन्छ ।

दुर्घटन लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरेको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारणका बारेमा अनुसन्धान भईरहेको बताएको छ । गत महिना मात्रै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा गत बर्ष सन् २०१६ मा प्रतिदिन औषतमा ४ ०० जनाको मृत्यु भएको छ ।रासस