गौचनको हत्यारा पत्ता लाग्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गौचनको हत्यारा पत्ता लाग्यो



असोज २७, काठमाडौं-

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरुले दाबी गरेको छ ।

घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न् सुटरको स्केच बनाएको र मोटरसाईकल नम्बरसमेत खुलेको दावी गरेको हो ।
तर समितिले दुवै गोप्य राखेको छ ।

रातो रङको मोटरसाईकलमा आएका सुटरले गौचनलाई सोमबार मध्यबानेश्वर खरिबोटमा गोली हानेका थिए ।

उनलाई गोली हान्ने व्यक्ति घटनाको करिव २ सय मिटरमा रहेको मोटरसाईकल चढेर भागेका थिए ।

घटनाका प्रत्यक्षदर्शीको भनाईका आधारमा प्रहरीले सुटरको स्केच बनाएको अनुसन्धान सम्बद्ध श्रोतले बतयो ।, यो खबर आजको नागरिकमा छ ।