गुल्मीमा बोलेरो जीप दुर्घटना एकजनाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मीमा बोलेरो जीप दुर्घटना एकजनाको मृत्यु



गुल्मी, असोज ७ – गुल्मीमा जीप दुर्घटना हुँदा शनिबार एकजनाको ज्यान गएको छ । गुल्मीको गौंडाकोटबाट तम्घासका लागि छुटेको बा ११ च ८८०३ नम्बरको बोलेरो जीप रेसुङ्गा नगरपालिका–१३ भंगारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा रेसुंगा नगरपालिका–३ का ३६ वर्षका बाबुराम पन्थीको ज्यान गएको हो । जीप चालक इस्मा गाउँपालिका–२ का ३४ वर्षका डम्मर कुवँर घाइते भएका छन् । उहाँको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।