क्रिमसनका विद्यार्थीद्धारा अपाङ्ग आश्रमलाई सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रिमसनका विद्यार्थीद्धारा अपाङ्ग आश्रमलाई सहयोग



बुटवल, भदौ २४ । बुटवल–११, देविनगर स्थित क्रिमसन कलेज अफ टेक्नोलोजीमा बिसिए छैठौं सेमेष्टारमा अध्ययनरत विद्यार्थीहरुले नेपाल अपाङ्ग आश्रमलाई सहयोग गरेका छन् ।

विद्यार्थीहरुले आश्रममा आश्रित बालबालिकाहरुलाई खेलकुद, शैक्षिक सामाग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका हुन् । समाजप्रतिको दाहित्व बोध गरी आश्रमलाई सहयोग गरिएको विद्यार्थी निरज घिमिरेले बताए ।

विद्यार्थीहरुले शनिबार आश्रममैं पकाएर आश्रित बालबालिकाहरुलाई खाना खुवाउनुका साथै उनीहरुसँग नाचगान समेत गरेका थिए ।

फरक क्षमता भएका बालबालिकाहरुको हौंसला प्रदान गर्न उनीहरुसँगै खाना खानुका साथै नाचगान गरिएको विद्यार्थीहरुले जनाएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदामले विभिन्न क्षेत्रबाट प्राप्त भैरहेको सहयोगले नै आश्रम चलिरहेको बताए ।

पत्रकार बीपी गौतमले विद्यार्थीले समाजप्रतिको आफ्नो दाहित्व बोध गर्नु अत्यन्त राम्रो भएको बताए । उनले यस प्रकारका सामाजिक कामलाई निरन्तरता दिन विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

यस्तै ग्लोबल रिच कन्सलटेन्सीका प्रवन्ध निर्देशक विशाल श्रेष्ठले सहयोगका यस्ता कार्यलाई अरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजन न्यौपाने, करण पौडेल, स्मिता श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रम निरज घिमिरेको अध्यक्षता, बिदुर खनालको सञ्चालन तथा हरि फुल्लेलको संयोजनमा भएको हो ।