किन हुन्छ माछा, भ्यागुता र गोहीको वर्षा ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किन हुन्छ माछा, भ्यागुता र गोहीको वर्षा ?



संसारमा कैयौ देशमा जलीय जीवहरुको वर्षा देखिएका छन । यस्ता घटनाले मान्छेलाई भयभीत तुल्याउछन भने बैज्ञानिकहरुलाई नयाँ तरिकाले सोच्न विवश पार्छन ।

अमेरिका, जापान, भारत आदी देशमा बेला बेलामा माछाको वर्ष भएको थियो । केही ठाँउमा त गोहीको समेत वर्षा भएको थियो । यो विषयलाई लिएर स्थानीय मानिसहरुमा भ्रम र भय रहेको छ

केही समयअघि थाईल्याण्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयबाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभित मानिसहरुले यसलाई ईश्वरको सजाय भने । केहीले यसलाई प्रलयको संकेत पनि माने ।
थाईल्याण्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हने बताईन्छ । कति पटक त गोही पनि यस्तो वर्षमा आकासबाट जमिनमा झरेको देखिएको छ ।

यो कुनै चमत्कार, प्रलयको संकेत या विज्ञानले हल गर्न नसकेको विषय भने होईन । बैज्ञानिकहरुले यसमाथि विस्तृत अध्ययन गरेका छन । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्दछ । जब आँधी समुद्र हुँदै गुज्रिन्छ, त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा, भ्यागुता, कछुवा र कहिलकाही त गोही सम्म लिएर जाने गर्दछ । यी जीव आँधीसँग उडिरहेका हुन्छन । तिनीहरु तबसम्म आकासमा रहन्छन, जबसम्म हावाको गति कम हुँदैन । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ, त्यस क्षेत्रमा यी जीवहरु वर्षाको पानीसँग खस्न थाल्छन । बैज्ञानिक विल ईभान्सले जल प्राणीको यस्तो वर्षामाथि किताब लेखेका छन ।