काश्मिरमा विद्रोहीको आक्रमण - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

काश्मिरमा विद्रोहीको आक्रमण



भदौ १,  । भारत प्रशासित जम्मु काश्मिरमा विद्रोहीको आक्रमणमा परी ३ जना सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुई जना सैनिक जवान भएका भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार आक्रमणमा अरु तीन जना घाइते भएका छन् । जम्मु काश्मिरको बारामुला जिल्लामा सुरक्षाकर्मी सवार गाडीमा विद्रोहीले आक्रमण गरेको हो । आक्रमण पछि विद्रोही लडाकु भागेका थिए ।

उनीहरुको खोजीका लागि अभियान थालिएको भारतीय प्रहरीले जनाएको छ ।