एसिसी यु–१९ : नेपालद्वारा थाइल्यान्डलाई २८२ रनको लक्ष्य प्रस्तुत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एसिसी यु–१९ : नेपालद्वारा थाइल्यान्डलाई २८२ रनको लक्ष्य प्रस्तुत



भदौ २६ –१९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । 

 

मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।

त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए  । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे ।

१९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए । थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।