'इन्डियाज मोस्ट वान्टेड' को सुटिङ नेपालमा हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘इन्डियाज मोस्ट वान्टेड’ को सुटिङ नेपालमा हुने



बलिउड अभिनेता अर्जुन कपूरको नयाँ प्रोजेक्ट ‘इन्डियाज मोस्ट वान्टेड’ को सुटिङ नेपालमा हुने भएको छ । यसअघि उनी अभिनीत फिल्म ‘सन्दीप और पिंकी फरार’ नेपाल र भारत सीमावर्ती क्षेत्रमा खिचिएको थियो ।
निर्देशक राजकुमार गुप्ताले आफ्नो महत्वाकांक्षी यो प्रोजेक्टको छायांकन अगस्टबाट सुरु गर्दैछन् । यो फिल्म एक इन्स्पायरिङ स्टोरी हुनेछ र अर्जुन लिड रोलमा रहनेछन् । ‘इन्डियाज मोस्ट वान्टेड’ नेपाल र भारतमा खिचिनेछ ।

यो भारतको मोस्ट वान्टेडको कहानीबाट प्रेरित छ जसले एक गोली समेत चलाएका थिएनन् । अर्जुनले यसमा एक इन्टिलिजेन्स अफिसरको भूमिका निर्वाहा गर्दैछन् । निर्देशक गुप्ताले फक्स स्टार स्टूडियोजसँगको सहकार्यमा यो फिल्म निर्माण गर्दैछन् । राजकुमार गुप्ताले यसअघि ‘रेड’, ‘आमिर’, ‘घनचक्कर’ र ‘नो वन किल्ड जेसिका’ जस्ता फिल्म बनाइसकेका छन् । अर्जुन कपूर पहिलो पटक फिल्म ‘मुबारका’ मा डबल रोल गर्दै देखिएका थिए । उनको फिल्म ‘सन्दीप और पिंकी फरार’ र ‘नमस्ते लण्डन’ पर्दामा रिलिज हुन बाँकी छ ।