आविष्कार केन्द्रका लागि सहयोग सङ्कलन जुटाउन सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आविष्कार केन्द्रका लागि सहयोग सङ्कलन जुटाउन सुरु



४ भदौ, बाबियाचौर(म्याग्दी)।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन यो अभियान सुरु गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले आज बिहान बेनीमा आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग अन्तक्र्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागीले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् । चार लाख रूपैयाँ सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिए ।

सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ । अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए ।  केन्द्र स्थापनाका लागि पुनले कास्कीको बेगनासमा रहेको रु. तिन करोड रुपैया मूल्य पर्ने तिन सय रोपनी जग्गा समेत दान गर्ने घोषणा गरे ।

म्याग्दीको राम्चे २ नांगीमा जन्मनुभएका पुनले विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पहुँच विस्तार गर्ने अभियानमा सक्रिय छन्। उनी सन २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत भएका थिए । पुरस्कारको रकम, चन्दादाताको सहयोगबाट उनले ग्रामिण बस्तीमा सूचना प्रबिधिको पहुँच विस्तारको काम गर्दै आएका छन् ।

पुनको प्राबिधिक सहयोगमा जिविस, समुदाय, प्रवासी म्याग्देली र दुरसञ्चार प्राबिधिक कोषको लगानीमा म्याग्दीका सबै बस्तीमा ईन्टरनेट सेवाको पहुँच पु¥याउने योजना सञ्चालन भएको बताइएको छ ।

रासस