आज शिक्षा दिवस, भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माण भएन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज शिक्षा दिवस, भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माण भएन



२३ भदौ, काठमाडौं । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस मनाइदैछ ।

शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस मनाउँदै छन् ।

तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर वि.सं. २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपश्चात अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन (सेप्टेम्बर ८) मा मनाउन थालिएको छ । यो दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ ।

जीवन उपयोगी शिक्षामा लगानी नारा तय गरेको भएपनि शिक्षामा राज्यले गर्ने लगानी वर्सेनि घट्दो छ । विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेको मा वर्सेनी घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरको छ ।

सरकारले सामुदायीक विद्यालयमा लागनी गरेको भएनपनि त्यसबाट प्रतिफल भने त्यति राम्रो नआएको शिक्षाविद्हरु स्विकार गर्दछन् ।

पछिल्लो समय अंग्रेजी माध्यमका विद्यालय र विद्यार्थीका रोजाइ हुन् । सार्वजनिक विद्यालय त्यही कारण रित्तिदै र कमजोर सावित हुँदै गएका छन् ।

विनाशकारी भूकम्पले विद्यालयका भवनहरुमा क्षति पुर्‍याएको छ । जसको पुनर्निर्माणको कार्य अझै हुन सकेको छैन । जसका कारण भूकम्प प्रभावित जिल्लाका बालबालिका अझै टहरा वा खुल्ला चौरमा पढ्न बाध्य छन् ।

भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनलाई पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

source:onlinekhabar