आज विश्व प्राथमिक उपचार दिवस मनाईंदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज विश्व प्राथमिक उपचार दिवस मनाईंदै



काठमाडौं, २७ भदौं – आज विश्व प्राथमिक उपचार दिवस विभिन्न कार्यक्रम गरि मनाईंदैछ । विभिन्न घटना, दुर्घटनामा घाइते भएकाहरुको अकालमा ज्यान जानबाट रोक्नको लागि तत्काल घटनास्थलमै गरीने उपचार प्राथमिक उपचारको महत्व दर्साउन यो दिवस मनाउने गरीन्छ ।

अचानक आउने साना ठूला दुर्घटनाहरुबाट तत्काल अपनाइने साधारण उपचार विधि नै प्राथकिक उपचार हो । दिवसको अवसरमा देशभरका नेपाल रेडक्रस सोसाईटीका शाखाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । चोटपटकबाट हुने प्रभाव र क्षती न्युनिकरणका र प्रारम्भिक जीवन रक्षाकालागि प्राथमिक उपचार अपरिहार्य रहेको छ ।

प्राथमिक उपचारको जरुरी, मानव जीवनलाई दुर्घटना र चोटपटकबाट बचाउनका लागि यसको महत्वलाई आत्मसाथ गर्दै प्राथमिक उपचारकर्ताको तालिम पनि सबैलाई प्रदान गर्नु जरुरी रहेको छ ।