अमेरिकी नागरिकलाई अब उत्तर कोरियामा प्रतिबन्ध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिकी नागरिकलाई अब उत्तर कोरियामा प्रतिबन्ध



काठमाडौं

उत्तर कोरियाको मिसाइल प्रक्षेपणका कारण तनाव बढ्दै जादाँ अमेरिकाले आजदेखि आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लागु भएसँगै उत्तर कोरियाली राजधानी प्योङ्याङ्बाट अमेरिकी पर्यटक बोकेर अन्तिम जहाज उडेको छ ।

उत्तर कोरियाबाट रिहा गरिएका अमेरिकी विद्यार्थी ओट्टो वार्मवियरको मृत्यु भएपछि अमेरिकाले सेप्टेम्बरदेखि लागु हुनेगरि उत्तर कोरियाको भ्रमणमा प्रतिबन्धको घोषणा गरेको थियो ।

अमेरिकी राज्य डिपार्टमेन्टले अहिलेको निर्णय बढ्दै गएको डिपोर्ट हुने सम्भावनाका कारण भएको प्रस्ट पारेको छ ।

सेप्टेम्बर पछि यदी कुनै अमेरिकी नागरिक उत्तर कोरिया गएमा पासपोर्ट रद्द हुनुका साथै अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा कारबाही हुने बीबीसीले जनाएको छ ।

तर अमेरिकी स्टेट डिपार्टमेन्टले पत्रकार र मानवीय सहायताको लागि जान लागेका मानिसहरुलाई भने प्रक्रिया पुरा गरेर मात्रै जान दिने बताएको छ तर उत्तर कोरिया जाने पत्रकार वा मानवीय सहायताकर्मीको गोपनियता भने भंग हुनेमा पहिल्यै सजग बनाएको छ ।

उत्तर कोरिया जानुअघि र फर्र्किएपछि ती व्यक्तिहरुको इलेक्ट्रोनिक सामाग्री खोजी गरिनुका साथै उनीहरुको फोन कल पनि रेकर्ड राखिने स्टेट डिपार्टमेन्टले प्रस्ट पारेको छ । उत्तर कोरियाले विदेशी नागरिकबाट पर्यटन बापत पाउने गरेको रकम आफ्नो आणविक कार्यक्रमको लागि प्रयोग गर्न सक्ने र केही मानिसले गुप्त तरिकाले पैसा उत्तर कोरिया लैजाने आशंकामा यस्तो नियम ल्याएको बताएको छ ।

अमेरिकी टुर अपरेटरका अनुसार हरेक वर्ष उत्तर कोरिया जाने करिब ५ हजार विदेशी मध्ये करिब १ हजार पर्यटक अमेरिकी हुने गरेको दाबी ग